ट्रेन्डीङ्ग

८ सय ४१ क्विन्टल अबैध चिनी बरामद

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका स्थिति एक कुखुरा फर्म छुकाईछिपाइ राखेको ८ सय ४१.५ क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यलय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयला अनुसार जिल्लाको रामग्राम नपा वार्ड नं ८ लोसहडा स्थित धर्मेन्द्र यादवको पाल्हि एग्रो फार्म प्रा.लि.(कुखुरा फर्म) मा ठूलो परिमाणमा अबैध चिनी लुकाई छिपाई राखेको रु ६३ लाख ११ हजार २ सय ५० मुल्य बराबरको १६८३ बोरा (८४१.५ क्वीन्टल)चिनी बरामद गरि बरामद गरेको हो।

शुक्रबार राजश्व अनुसन्धान कार्यालय बुटवलबाट राजश्व अनुसन्धान अधिकृत,जिल्ला प्रहरी कार्यालय नवलपरासी(बसुप)बाट प्रहरी निरीक्षक र शशस्त्र प्रहरी बल २६ नम्बर गण हे.क.नवलपरासी (ब.सु.प.)बाट स.प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त एग्रो फार्ममा छापामारी रु ६३ लाख ११ हजार २ सय ५० मुल्य बराबरको १,६८३ बोरा (८४१.५ क्वीन्टल) चिनी बरामद गरि आबस्यक कार्बाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने कार्य भैइरहेको डिएसपी पाण्डेय जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal