सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्तरीय बाल सञ्जालको अध्यक्षमा गौरव पोखरेल चयन भएका छन।
गाउँपालिकाको प्राङ्गगणमा एक कार्यक्रमका विच अध्यक्षमा पोखरेल सहित ११ सदस्यीय सुस्ता गाउँपालिका स्तरिय बाल संजाल गठन गरिएको हो।
जसको उपाध्यक्षमा पारो हरिजन,सचिवमा विसिका प्रकाश आचार्य,सह-सचिवमा शिवधर विन,कोषाध्यक्षमा खुस्वु खातुन तथा सदस्यहरुमा प्रियंका पञ्जियार,अंशु अर्याल,मोनिका कण्डेल,अमित कुमार धोवि,दिपेन्द्र हरिजन र लक्ष्मि भण्डरी सर्वसम्मत चयन भएका हुन।
सोही अवसरमा गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले बाल सञ्जालमा आवद्ध वालबालिकाले सञ्चालन गर्ने हरेक गतिविधिले पालिका भित्र समाजमा सकारात्मक सन्देश दिने विचार राख्नुभयो।
उपाध्यक्ष गिता चौधरीले वालवालिकाको नेतृत्व र क्षमता विकासका लागि पालिकाले थप कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने बताउनुभयो।