ट्रेन्डीङ्ग

मत्स्य पालक कृषक र सरोकारवाला बिच अन्तरक्रीया : मत्स्य उत्पादन बढाउनमा जोड

परासी।पश्चिम नवलपरासीमा मत्स्यपालक कृषक र सरोकारवाला बिच अन्तरकृयात्मक गोष्ठी सम्पन्न भएको छ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीको आयोजनामा उक्त विज्ञकेन्द्र प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीको अध्यक्षता र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलका मत्स्य विकास अधिकृत रिम बहादुर थापाको प्रमुख अतिथ्यतामा उक्त गोष्ठी सम्पन्न भएको हो।

उक्त अन्तरकृया गोष्ठी कार्यक्रममा जिल्ला भरिबाट मत्स्य पालक किसान,माछा व्यापारी र सरोकारवालाहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा मत्स्य उत्पादनको अवस्था,बजारीकरणको समस्या, उत्पादनमा बद्धि गर्ने उपायका बारेमा व्यापक छलफल भएको थियो।

गोष्ठी कार्यक्रममा प्रमुख अतिथि रिम बहादुर थापाले कार्यपत्र प्रस्तुत गर्दै यस जिल्लालाई माछामा आत्मनिर्भर बनाउने निकै प्रबल सम्भावना रहेको जिकिर गर्दै माछाको उत्पादनमा बृद्धि गर्न कृषकहरुलाई आग्रह गरे।

कार्यक्रममा विज्ञ केन्द्र प्रमुख श्रवण कुमार पोख्रेलले जिल्लामा माछाको उत्पादन बढाउन प्रदेश सरकारले विभिन्न लाभकारी तथा प्रभावकारी योजनाहरु ल्याएको बताउदै मत्स्य उत्पादनमा कृषकहरु आकर्षण बढनुपर्नेमा जोड दिए।

कार्यक्रममा पशु रोग अन्वेषण प्रयोगशाला प्रमुख डाक्टर उत्तम आचार्य, विज्ञकेन्द्रका अधिकृत सुरेश मिश्रा, विज्ञकेन्द्रकि नायब प्राविधिक सहायक निर्मला गिरी लगायतले मन्तब्य राखेका थिए।

कार्यक्रममा सहभागी कृषक र सरोकारवाला बिच मत्स्य उत्पादन बढाउन र यसको बजारीकरणलाई फस्टाउने विषयमा व्यापक छलफल भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal