सुनवल।पश्चिम नवलपरासीको सुनवल ९ स्वाठी स्थित स्वाठी युथ क्लवको आयोजनामा आउदो माघ ११ गतेदेखि खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ।
श्री वसन्त पञ्चमीको अवसरमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लवका अध्यक्ष राजेन्द्र थापाले जानकारी दिनुभयो।प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार,द्धितिय हुने समूहलाई २५ हजार र तृतीय हुने समूहलाई १५ हजार नगद तथा प्रमाण पत्र र मेडल प्रदान गरीने पनि अध्यक्ष थापाले जानकारी दिनुभयो।
प्रतियोगितामा सहभागि हुन चाहने समूहलाई तोकिएको प्रक्रिया पुरा गरी आगामी माघ १० गते सम्म टिम दर्ताका लागि समय तोकिएको क्लवले जनाएको छ।प्रतियोगिता प्रगति मावि स्वाठीको प्राङ्गगणमा सञ्चालन हुनेछ।