ट्रेन्डीङ्ग

बर्दघाट नगरपालिका कुहिने र नकुहिने फोहोर स्रोतमै बर्गीकरण गर्ने तयारीमा

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्ने तयारी गरेको छ । पालिकाले बिहीवार सरोकारवालाबीच एक अन्तरक्रिया गरेर ३० बुदें कार्ययोजना समेत बनाउदै माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले सबै सरोकारवालाहरले साथ पाए फोहोरलाई मोहर बनाउन सकिने औल्याउनुभयो ।

उहाँले नगरप्रमुख श्रेष्ठले सरसफाईयुक्त नगर निर्माणको निम्ति आफूहरु लागि परेको दावी गर्नुभयो । नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नागरिकहरुले यस अभियानलाई लागू गर्नको लागि मनदेखि नै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले फोहोर ब्यवस्थापन सम्बन्धि कार्ययोजना सहित सहजीकरण गर्नुभयो ।

कार्यक्रममा पारिजात सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चुडामणी भण्डारी, बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष दीपक लम्साल लगायत बर्दघाट उद्योग वाणिज्य संघ, बर्दघाट नगरभित्रका बजार विकास समितिहरु तथा बर्दघाट नगरपालिका वडा नम्बर ४ का टोल विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कृष्ण थापाले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?