ट्रेन्डीङ्ग

महेन्द्र मा.बि साेमनीकाे ब्यवस्थापन समिति अध्यक्षमा अनाेज यादव

प्रतापपुर।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनीमा अवस्थित महेन्द्र माध्यमिक बिद्यालय साेमनीकाे नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।

मंगलबार विद्यालयमा भएको अभिभावक भेलाले अनाेज यादव विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित ९ जना पदाधिकारी चयन गरिएको महेन्द्र माध्यमिक बिद्यालय साेमनीका प्र.अ अजय प्रसाद शर्माले जानकारी दिनुभएको छ।

विद्यालयमा पुरानो व्यवस्थापन समितिको म्याद सकिएको कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो।अन्य पदाधिकारीमा सदस्यहरु रेखा काेहार,बुधिया देवी चाैधरी,लालचन पासि,कलावति देबी हरिजन,गाैतम कहार,पदेन सदस्य वडा नम्बर ३ वडा अध्यक्ष ऋषिदेव दास पटेल,शिक्षक प्रतिनिधि याेगेन्द्र प्रसाद बानियाँ तथा सदस्य सचिव विद्यालयका प्र.अ अजय प्रसाद शर्मा रहनुभएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा चयन हुनभएकाे यादव बिद्यालयलाई नमुना बनाउने प्रतिबद्धता ब्यक्त गर्दै शैक्षिक बिकास आजकाे आवश्यकता रहेकाेले विद्यालयलाई नमुना बनाउने याेजना सहित अगाडि बढ्ने बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?