ट्रेन्डीङ्ग

रामग्राम नगरपालिकाको सरसफाई अभियान जारी, फुटपाथ मिचेर व्यापार गरे जफत गर्ने चेतावनी

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सरसफाई अभियान जारी राखेको छ । साप्ताहिक रुपमा अभियानको रुपमा सरसफाई गर्दे आएको नगरपालिकाले आज पनि परासीको बजार क्षेत्रमा सरसफाई गरेको छ । नगरप्रमुख धनपत यादवको नेतृत्वमा नगरपालिकाले वुद्ध चोक देखि झरही खोला पुल सम्मको क्षेत्र सफाई गरेको छ । दैनिक रुपमा नगरपालिकाको कर्मचारी मार्फत सरसफाई हुने गरेपनि साप्ताहिक रुपमा जनचेतना जगाउन पनि अभियानको रुपमा सरसफाई गर्दे आएको नगर प्रमुख यादवले बताउनुभयो।

सरसफाई अभियानलाई नेपाली सेनाको परासीमा रहेको गोरखदल गणले विशेष सहयोग गर्दे आएको छ । नगरवासी सचेत भएर सरसफाईमा स्वतस्फुर्त आफै सहभागि होउन् भन्ने उदेश्यले आफुहरुले साथ दिएको गोरखदल गणका गणपती ज्ञानकाजी श्रेष्ठले बताउनुभयो । सरसफाई अभियानमा दिपेश शर्माको नेतृत्वमा युवा तथा बालबालीका पनि सहभागि भएका थिए । युवाहरु सडकमा निस्किदा घरपरिवारमा समेत सरसफाईको राम्रो सन्देश जाने भएकाले युवा र बालबालीकालाई पनि अभियानमा समावेश हुन आह्वान गरेको शर्माले बताउनुभयो । सो क्रममा नगरप्रमुख यादवले फुटपाथमा राखेर व्यापार नर्गन आग्रह गर्दे अटेर गरे जफत गर्ने चेतावनी दिनुभयो । वुद्धचोकमा सडकमै राखेर व्यापार गर्दे आएका एक व्यक्तिलाई चेतावनी स्वरुप केहि समाग्रि समेत जफत गरिएको छ ।

आउ जाउमै असर गर्ने गरी व्यापार गर्दा दुर्घटनाको जोखिम पनि बढ्ने र बजारको सौन्र्दयकरणमा समेत असर पर्ने भएकाले सबै व्यवसायिलाई सचेत गराईएको उहाँले बताउनुभयो । नगरपालिकाले पृथ्वी चन्द्र अस्पतालको व्यवसायिक सटरको भाग भन्दा अगाडी पट्टि लगाईएको टिनको संरचना हटाउने तयारी गरेको छ । आफै नहटाए नगरपालिकाले बल प्रयोग गरी हटाउने नगरप्रमुख यादवले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal