ट्रेन्डीङ्ग

सहकारीको माध्यमबाट उत्पादन र व्यवसायसंग जोडिएर काम गर्दा समृद्धि प्राप्त हुन्छ:नगरप्रमुख अर्याल

सुनवल।सुनवल नगरपालिका नगरप्रमुख विमला अर्यालले हरेक नेपाली सहकारीको माध्यमबाट उत्पादन र व्यवसायसंग जोडिएर काम गर्दा समृद्धि प्राप्त हुने बताउनुभएको छ।
उहाले सहकारीले नया नया कामहरु सिर्जना गर्ने र महिला उद्दमीहरु समयको सदुपयोग गर्दै व्यवसायसंग जोडिएर काम गर्दा परनिर्भरता घटाई आत्मनिर्भरता बढाउने बताउनुभएको हो।
नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था लि.को २५ औं वार्षिक साधारणसभालाई आर्ईतवार सुनवलमा सम्बोधन गर्दै नगर प्रमुख अर्यालले समयको सदुपयोग गर्दै अगाडी बढ्न र फजुल खर्च गर्ने खालका आनिवानीलाई परिवर्तन गर्न सके मात्र समाज परिवर्तन गर्न सकिने बताउनुभयो।
कार्यक्रममा विशिष्ठ अतिथि रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले आफ्नो स्थिति हेरेर मात्र ऋण लिन र सहकारीबाट जुन कामका लागि ऋण लिएको हो सोही काममा लगानी गर्न आग्रह गर्नुृभयो।सहकारीले पनि आय आर्जन बढाउन सदस्यलाई लाभान्वित हुने खालको तालिम दिनुपर्नेमा उहाको जोड थियो।
जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेलले सहकारीलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न र बजारीकरण र स्टोरको व्यवस्था रहेकोले उत्पादन बढाउन आग्रह गर्नुभयो।
पुर्वि नवलपरासीको मध्यबिन्दु १० अरुणखोलामा केन्द्रिय कार्यलय रहेको यस सहकारीमा ४४ हजार बढी सेयर सदस्य रहेको सहकारीकी सहमहाप्रवन्धक बिमला पाठकले जानकारी दिनुभयो।

यहि पुष १३ गते देखि २१ गते सम्म १८ ओटै शाखाको क्षेत्रगत बार्षिक साधारणसभा गर्ने कार्यक्रम रहेको र पौष २२ गते केन्द्रिय कार्यलय रहेको स्थानमा बार्षिक साधारणसभा गर्ने कार्यक्रम अनुसार आईतवार सुनवलमा सहकारीको ईकाई-३ (सुनवल,भुमहि,बुटवल सेवा केन्द्रको संयुक्त) साधारणसभा सम्पन्न भएको हो।
कुल ३१ करोड २८ लाख ३६ हजार १ सय शेयर पुँजी रहेको यस संस्थाले आव २०७८/०७९ मा कुल १२ करोड १२ लाख ४९ हजार ५ सय २४ नाफा आर्जन गर्न सफल भएको छ।

सभामा संस्थाका उपाध्यक्ष कृष्ण बहादुर चौधरीले अध्यक्षको प्रतिवेदन,सहमहाप्रवन्धक बिमला पाठकले लेखा सुपरिवेक्षणको प्रतिवेदन,सहसचिव जोगमाया महतोले सचिवको प्रतिवेदन र कौशिला सापकोटाले कोषाध्याक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
भुमहि सेवा केन्द्र कार्यलय प्रमुख हिरा परियारको स्वागत मन्तव्य रहेको कार्यक्रममा सुनवल नगर प्रवक्ता एवं वडा-१३ का अध्यक्ष कृष्ण प्रसाद बगाले ,सुनवल वडा नं १ का वडाध्यक्ष मान बहादुर थापा,वडा नं १२ का अध्यक्ष चुरामणि पौडेल,वडा नं ९ का अध्यक्ष विरवल चौधरी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा जेष्ठ नागरिक,उत्कृष्ट विधार्थिलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै उत्कृष्ट उद्दमि,उत्कृष्ट बचत बृद्धि,उत्कृष्ट केन्द्र प्रमुख,उपप्रमुख,व्यवसायी लगायत विभिन्न बिधामा उत्कृष्टलाई सम्मान गरिएको थियो।
सहकारीले गण्डकी,लुम्बिनी,बाग्मति प्रदेशका ५ बढी जिल्लामा सेवाकेन्द्र सहित संचालन गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?