ट्रेन्डीङ्ग

बर्दघाटको ग्रामिण साकोस नेपालकै सर्वोत्कृष्ट सहकारी बन्न सफल

बर्दघाट।नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कुनले पश्चिम नवलपरासीको ग्रामिण बचत तथा ऋण सहकारी सस्था बर्दघाट ७ जिमिरेभारलाई नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत गरेको छ।नेपालको सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत भएकोमा साकोसले आफ्नो केन्द्रिय कार्यालय जिमिरेभारमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो।

 

सस्थाका अध्यक्ष देवी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अधिकारीले आफ्नो सस्थालाई नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत गरिएकोमा सस्थाको गरिमा बढेको बताउदै कर्मचारीहरुको अथक मिहिनेत तथा कार्य समिति लगाएत विभिन्न उपसमितीहरुको ईमानदारीका कारण सस्था उत्कृष्ट हुन सफल भएकोमा सबैमा धन्यबाद ज्ञापन समेत गर्नुभएको थियो।

 

नेफस्कुनले यो पुरस्कार हरेक बर्ष आफ्नो स्थापना दिवसको अवसरमा घोषणा गर्ने गरेको र साधारण सभामा प्रशंसा पत्र प्रदान गर्ने क्रममा हाम्रो सस्थालाई यस बर्ष नेफस्कु्नले आफ्नो ३५ औँ स्थापना दिवसको अवसर पारि नेपालकै उत्कृष्ट साकोस घोषणा गरि यही पौष ८ गते ३१ औँ साधारण सभामा सस्थालाई उक्त प्रशंसा पत्र प्रदान गरेको जानकारी दिनुभयो।

 

सो पत्रकार सम्मेलनमा सस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार नेफस्कुन बुटवलका सञ्चालक समिति सदस्य रविन्द्र विक्रम हमालले सस्था विधि, निति, शुशासन र प्रविधियुक्त सेवा प्रदान गर्दै दिगो वित्तिय ब्यवस्थापनका कारणले सस्था उत्कृष्ट हुन सफल भएको बताउदै अन्य सहकारी भन्दा यो सहकारी पृथक रहेको र सञ्चालक समितिको नियमनमा कर्मचारीद्धारा आर्थिक कारोबार गर्ने ऋण प्रदान गर्दा ब्यवसाय विश्लेषण गरि उदेश्य अनुरुप काम गरेको र बचत तथा ऋणलाई सही सदुपयोग गरि समुदायमा आधारित सहकारी बन्न सफल रहेकाले हरेक बर्ष विभिन्न पुरस्कारहरुबाट सम्मानित हुदै आएको जानकारी गराउनुभयो।

 

२०५१ साल फाल्गुन १ गते स्थापना भएको यस ग्रामिण साकोसको करिब ८२ करोड वासलात र ११ हजार बढी सेयर सदस्यहरु आबद्ध रहेको सस्थाले पश्चिम नवलपरासी कार्यक्षेत्र बनाइ बर्दघाट नगरपालिकाका ५ स्थानका सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आयेको सस्थाले हालसम्म एशियाली स्तरको एक्शेस ब्राण्ड,नेपाल स्तरको प्रोभेसन ब्राण्ड, नेफस्कुनबाट लुम्बिनी प्रदेशको उत्कृष्ट साकोस र राष्ट्रिय सहकारी बैंकबाट लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी,राष्ट्रिय सहकारी महासंघ बाट पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भइसकेको यस सस्थाले नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत हुन सफल भएको छ।

 

नेफस्कुनमा करिब ४ हजार ५ सय सहकारीहरु आबद्ध मध्य ग्रामिण बचत तथा ऋण सहकारी सस्था बर्दघाट ७ जिमिरेभार आर्थिक बर्ष २०७८, ०८९ को नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत हुन सफल भएको सस्थाका ब्यवस्थापक आनन्द पाण्डेले जानकारी दिनुभएको छ।सो पत्रकार सम्मेलनमा सस्थाका पदाधिकारी,सल्लाहकार,कर्मचारी लगाएतको सहभागिता रहेको कार्यक्रमको सन्चालन सस्थाका सह सचीव देबिदत्त सापकोटा गर्नु भएको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?