ट्रेन्डीङ्ग

सुनवलमा तमु ल्होसारको अवसरमा नृत्य प्रतियोगिता,प्रथम पाईनियर एकेडेमि,दोश्रो महाकवी देवकोटा

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा तमु ल्होसार २६०६ को उपलक्ष्यमा भएको खुल्ला नृत्य प्रतियोगितामा सम्पन्न भएको छ।

श्री सडक शेराब छ्योईलि गुम्बाको आयोजनामा सुनवल-५ बनकट्टीमा भएको खुल्ला नृत्य प्रतियोगितामा पाइनियर एकेडेमी प्रथम भएको छ भने महाकवी देवकोटा नमुना माविले दोश्रो स्थान हासिल गरेको छ।त्यसै गरि तेस्रो र सान्त्वना क्रमश:द स्पाइन बोर्डिङ बनकट्टी,न्यु स्टार ई बोर्डिङ स्कुल भएको छ भने खुल्ला नृत्य प्रतियोगितामा सुनवलका १७ विधालयहरुको सहभागी रहेको सस्थाका सचिव ठाकुर जग तमुले जानकारी दिनुभयो।

कार्यक्रम गुम्बा अध्यक्ष बखत बहादुर गुरुङ अध्यक्षता,सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्कृतकर्मी यमजित मल्ल,देवेन्द्र चौधरी,साधना कला केन्द्र प्रशिक्षक बिजय क्षेत्रीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।

तमुस्यो ह्युल छोज धी हर्दिया बनकट्टि इकाई सहसचिव लिलाराम तमुलेको स्वागत सगैतमुस्यो ह्युल छोज धी गुरुङ महिला राष्ट्रिय परिषद केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष सिता गुरुङ तमु संचालनमा सम्पन्न भएको थियो।


सुनवल-५ का वडा अध्यक्ष नेत्र लाल तिवारी,राप्रपा केन्द्रिय सदस्य देवी घिमिरे,सुनवल नगरपालिका प्रशासकिय प्रमुख भक्तिराम मरासिनी लगायतको उपस्तिथि रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?