
बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नपा ४ क्याम्पा चौर खेल मैदानमा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने भएको छ।बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको विषयमा जानकारि गरीएको हो।
पत्रकार सम्मेलनमा पुष ८ गतेदेखि २३ गते सम्म सन्चालन हुन गईरहेको प्रथम वडा अध्यक्षकप फुटवल प्रतियोगितामा नगर भित्रका सबै वडा बाट १६ टिमको सहभागिता रहने आयोजकले जानकारी दिईएको छ।
बर्दघाट नगरपालीका वडा नम्बर ४ को आर्थिक सहयोग र गौतमबुद्ध सामुदायिक बिकास प्रतिस्ठानको आयोजनामा हुन गईरहेको यूवा लक्षित शसक्तिकरण तथा खेलकुद कार्यक्रम अन्तर्गत प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुन लागेको बर्दघाट ४ का वार्डअध्यक्ष बेदबिना तिवारीले बताउनु भयो।
पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर ४ का वडा सदस्य जनक रावलले यूवालाई खेलप्रति रुचि बढाउन र खेलाडिको क्षमतालाई प्रष्फुटन गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको बताउदै वार्डले वडा भित्र रहेका क्लबहरुलाई सक्रिय बनाउदै प्रत्येक बर्ष अलग अलग क्लबद्वारा खेलको आयोजना गरिने बताउनु भयो।उहाँले वार्डले खेलकुद लागी वडाबाट ३ लाख छुट्याइएको र त्यस मध्य ५० हजार बराबरको खेलकुद सामाग्री वार्ड भित्रका बिद्यालय र क्लबहरु लाई वितरण गरिने र बाकि रकम प्रतियोगिताको लागि आर्थिक सहयोग गरेको समेत बताउनुभएको थियो।
यसैगरी सो सम्मेलनमा बोल्दै आयोजक क्लबका सचिव सन्तोष गुरुङले खेलमा प्रथम हुने टिमलाई ५० हजार र ट्रफि र दोस्रो हुने टिमलाई ३० हजार र ट्रफि पुरस्कार का साथै खेल अवधिभर उत्कृष्ट खेलाडिलाई ५ हजार,सर्वाधिक गोलकर्तालाई ५ हजार र उत्कृष्ट गोलकिप्परलाई ५ हजार समेत दिईने जानकारी गराउनुभएको थियो।
प्रतियोगितामा अनुमानित करिब ४ लाख खर्च हुने अनुमान गरिएको क्लबका सदस्य एवं खेल समयोजक चित्र बाहादुर बर्माले जानकारी दिनुभयो।