
नवलपुर।नवलपुरको गैँडाकोटमा आठौँ राष्ट्रिय स्क्र्याबल खेल सम्पन्न भएको छ।प्रतियोगितामा पूर्वमा इलामदेखि र पश्चिममा धनगढीसम्मका २७ जिल्लाका ९५ जना प्रतिष्पर्धीको सहभागिता रहेको थियो।शनिबार भएको प्रतियोगितामा गैँडाकोट ईंग्लीस स्कूल नवलपुरका अर्नव पाण्डे प्रथम हुनु भएको छ।
शैनिक आवासिय माध्यामिक विद्यालय कास्कीका आयुश ढकाल द्वितीय र राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदन बाराका रोशन कुमार यादव तृतीय हुनुभएको छ।विजय सामुदायिक शिक्षा सदन नवलपुरका शरद भण्डारीले चौथो स्थान प्राप्त गर्नुभएको छ। शनिबार ९५ जना प्रतिष्पर्धीबाट उत्कृष्ट २० जना विद्यार्थी छनोट भएका छन् । प्रतियोगितामा उत्कृष्ट २० मा परेका विद्यार्थीहरुले फेब्रुअरीमा बंगलादेशमा हुने अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा सहभागिता जनाउने आयोजक संस्था पोखरा स्क्र्याबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले बताउनुभयो।पोखरा स्क्र्याबल क्लबको आयोजना र गैँडाकोट ईंग्लीस स्कूलको व्यवस्थापनमा आठौँ राष्ट्रिय स्क्र्याबल प्रतियोगिता सम्पन्न भएको हो।शब्दको खेल रुपमा लिइने स्क्र्याबल खेलले विद्यार्थीहरुमा शब्द भण्डारको ज्ञान, स्मरणशक्तिको विकास, विद्यार्थीलाई रचनात्मक बन्न प्रेरित गर्ने स्क्र्याबल क्लब नवलपुर जिल्ला कोर्डिनेटर एवं गैँडाकोट ईंग्लीस स्कूलक एकेडेमिक कोर्डिनेटर विना कोइरालाले बताउनुभयो।
गैँडाकोट ईंग्लीस स्कूलका प्रिन्सिपल हिरालाल अर्यालले गैँडाकोटमा सम्पन्न भएको स्क्र्याबल खेलले गैँडाकोट नगरकै पहिचान बढाएको विश्वास व्यक्त गर्दै देशभरबाट आएका प्रतिष्पर्धी तथा अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।