ट्रेन्डीङ्ग

स्थिर अवधीमा”नो भोट”अभियान तीब्र(पर्चा सहित)

परासि।भोली मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थिर(मौन)अवधिमा पनि “नो भोट” अभियान सञ्चालन भइरहेको पाइएको छ।

नेकपा बहुमत पार्टि निकटको अखिल क्रान्तिकारीले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीलाई अवज्ञा गरौँ भन्दै“नो भोट”अयिभान जारी राखेको हो।

उक्त संगठनले“विनोद चौधरीलाई अवज्ञा किन”भन्ने शिर्षकमा पर्चा वितरण गरिरहको छ।उक्त पर्चामा ९ वटा कारण देखाएर विनोद चौधरीलाई भोट नहाल्न अपिल गरिएको छ।

उक्त पर्चामा विनोद चौधरी स्वास्थ्य र शिक्षाको माफिया भएकाले तथा अर्बौ कर छली गरेकाले भोट नदिन आह्वान गरिएको छ।

त्यस्तै काम गर्ने मजदुरको श्रम शोषण गरेकाले।एशीयाली विकास वैंकबाट आफूले ऋण लिएर काम नगरेकाले पनि भोट नदिन भनिएको छ।भुकम्प पुर्ननिमार्णको लागि विदेशबाट पैसा ल्याएर घोटाला गरेको र सीजी टेलिकमको अनुमतिको लागि अर्बौ चलखेल गर्न लागेको आरोप लगाइएको छ।
त्यस्तै बजेट निमार्ण प्रक्रियामा सिसीटीभी फुटेज गायब गराउन संलग्न भएकाले र नेपालको पैसा विदेशमा लगानी गरेर अर्थतन्त्रलाई धराशायी बनाउन लागेकाले अवज्ञा गर्न भनिएको छ।

नेकपा बहुमत सहित केही दलले भोली सम्पन्न हुने निर्वाचनको अवज्ञा गर्दै आएका छन्।उक्त पार्टिका पश्चिम नवलपरासी जिल्ला संयोजक कृष्ण गीरीले चौधरी अर्थमन्त्री बन्ने लक्ष्य सहित यस क्षेत्रमा उम्मेदवार हुन आएका र मुलुकको अर्थतन्त्रलाई आफ्नो स्वार्थ अनुकुल सञ्चालन गर्ने भएकाले आफूहरुले उनीविरुद्धको अभियान सञ्चालन गरिरहेको बताउनुभयो।

गीरीले निर्वाचन पछि प्रत्येक जनप्रतिनिधिका सन्तानले सरकारी विद्यालयमा पढ्नुपर्ने अभियान सञ्चालन गर्ने र सरकारी विद्यालयले उठाउने गरेको शुल्कको पनि विरोध गरिने बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal