ट्रेन्डीङ्ग

नवलपरासीमा एक मतदान अधिकृत जिम्मेवारीबाट हटे

परासी।पश्चिम नवलपरासीमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ।

वाक्मणी मा.वि सुनवल नपा-११ मा खटिएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई मादक पदार्थ सेवन गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो।

चौधरीको स्थानमा वैल्कपिक मतदान अधिकृतको व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ।

आज विहिवार परासीमा जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र सहितका मतदान सामाग्री वुझेर सम्वन्धित मतदान स्थलमा जानुपर्नेमा चौधरी मादक पदार्थ सेवन गरी आचरण विपरितको काम गरेकाले जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal