ट्रेन्डीङ्ग

प्रचण्ड पार्टी एकता गर्न नभई एमाले कब्जा गर्न आएका थिए:ओली

इटहरी।नेकपा एमाले अध्यक्ष केपी ओलीले टुक्राटाक्री जोडेर बनेको गठबन्धन आवश्यक नरहेको बताएका छन्।बुधबार सुनसरीको लौकीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

गठबन्धन सरकारले देश विकासको काम गर्न नसक्ने भन्दै एमाले सरकारले मात्र काम गर्न सक्ने उनको भनाइ छ।अघिल्लो निर्वाचनमा एमाले दुई तिहाइ बहुमत नजिक नभएको,अल्पमतमा परेकाले यसपटक बहुमत चाहिने उनले बताए।

‘अघिल्लो निर्वाचनमा एमालेले बहुमत पाएको होइन।एमालेले प्रत्यक्षले ८० सिट र समानुपातिकमा ४१ सिट पायो।बहुमत ल्याउन सकेन।त्यही भएर त्यसबेलाको सरकारले पूर्णकार्यकाल काम गर्न सकेन,’ओलीले भने,‘अबको निर्वाचनमा एमालेले बहुमत पाएमा बलियो सरकार बन्छ। सुदृढ सरकारले मात्र देश विकासको काम गर्छ।’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको पालिमुनि गएर बसेको भन्दै उनको कडा आलोचना गरे।प्रचण्ड पार्टी एकता गर्न नभई सिंगो पार्टी कब्जा गरेर प्रतिक्रियावादीलाई बुझाउन एकताको नाटक गरेको आरोप लगाए।

उनले बालक,वृद्ध,महिला सबैको उत्थानको काम एमालेले मात्र गर्न सक्ने दाबी पनि गरे।ओलीले कोरोनाकालमा एमाले सरकारले धेरै राम्रो काम गरेको पनि जिकिर गरे। उनले वर्तमान सरकारले कोरोना विरुद्धको खोपमा भ्रष्टाचार गरेको आरोप पनि लगाए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal