
परासी।निर्वाचनका लागि नवलपरासीसँग जोडिएका नेपाल-भारत सीमा नाका तीन दिन बन्द गरिने भएको छ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको हुने निर्वाचनका लागि ३ दिन सिमा नाका बन्द गरिने भएको हो।
निर्वाचनको तीन दिनअघि अर्थात मंसिर १ गते रातिदेखि मंसिर ४ गते राति १२ बजे सम्म ७२ घण्टा सीमा नाका सिल गर्न लागिएको पश्चिम नवलपरासीका जिल्ला प्रमुख अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो।
उहाँका अनुसार यही मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ,निष्पक्ष,शान्तिपूर्ण र भयरहित बनाउनका लागि भारतसँग जोडिएका पश्चिम नवलपरासीका सीमा नाका बन्द गर्न लागिएको हो।
यसअघि तीन जिल्लाका सुरक्षा अधिकारी र भारतीय अधिकारीहरु बीच खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचन अघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो।