ट्रेन्डीङ्ग

स्याङ्जाको गल्याङमा गरिएको नमूना मतदानमा १० प्रतिशत मत बदर

गल्याङ।स्याङ्जाको गल्याङबजारमा गरिएको नमूना मतदानको क्रममा १० प्रतिशत मत बदर भएको छ।जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले गरेको नमूना मतदानको क्रममा १० प्रतिशत मत बदर भएको हो।

गल्याङ नगरपालिकाको सिटी हल प्राङ्गणमा भएको नमूना मतदानको क्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो।जम्मा ४५ जनाले गरेको मदतानमा १० प्रतिशत मत बदर भएको गल्याङ नगरपालिका प्रशासन शाखा प्रमुख दशरथ उपाध्यायले जानकारी दिनुभयो।

कर्मचारी तथा जनप्रतिनिधिले गरेको मतदानमा नै १० प्रतिशत मत बदर भएपछि यस पटक मत बदरको संख्या बढ्ने अनुमान गरिएको छ।निर्वाचन आयोगले भने यस पटक मत बदरको संख्या शुन्यमा झार्ने भन्दै मतदाता शिक्षालाई जोड दिइरहेको बताएको छ।
यसअघि निर्वाचन कार्यालयले सोमबार नै कालिगण्डकी गाउँपालिकामा नमूना मतदान गरेको बताइएको छ।
यसैबीच,जिल्ला निर्वाचन कार्यालयले नमूना मतदानको क्रममा सञ्चारकर्मीलाई निषेध गरेको छ।

कार्यालयले गरेको नमूना मतदानमा पत्रकारलाई आमन्त्रण नगरेको बुझिएको छ।जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले पत्रकारलाई निमन्त्रणा नगर्ने कार्यालयको नियत नभएको दावी गर्दै समन्वयको अभाव भएको स्विकार गर्नुभयो ।अन्य ठाउँहरुमा हुने नमूना मतदानको क्रममा पत्रकारलाई निमन्त्रणा गर्ने र सूचना दिने गर्ने गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal