ट्रेन्डीङ्ग

सुस्ताको विभिन्न स्थानबाट ८ फरार प्रतिवादी पक्राउ

सुस्ता।सुस्ता गाउँपालीकाको विभिन्न स्थानबाट ८ जना फरार प्रतिबादी पक्राउ परेका छन।

प्रहरी चौकी कुडियाबाट प्रहरी सहायक निरिक्षक राजाराम यादवको कमाण्डमा खटि गएको प्रहरी टोलीले सुस्ताको विभिन्न स्थानबाट बिभिन्न कसुरहरुमा संलग्न भएको फरार प्रतिबादी पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुस्ता गाउँपालीका वडा नम्बर २ का ४५ वर्षका छेदी थारु,६५ वर्षका तसिबुन नेशा र ६२ वर्षका हदालत मिया, सहिम मिया, चन्द्रभान दुसाध, जलालुदिन मिया रहेका छन।त्यसैगरी ६३ वर्षका मैनुदनि मिया र ६० वर्षका नन्दलाल तेली रहेको छन।

प्रतिबादी छेदी थारुलाई चोरी मुद्धामा ४ वर्ष १६ दिन कैद सजाय तोकेको छ भने हदालत मिया, तसिबुन नेशा,सहिम मिया,चन्द्रभान दुसाध,जलालुदिन मिया,मैनुददिन मिया र नन्दलाल तेली गरी ७ जनालाई गाली बेइजती मुद्धामा रु १ हजार जरिवाना भुक्तानीको लागी  जिल्ला अदालत पठाइएको पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal