
परासी।नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार बिजय अग्रगरिले परासीमा सम्पर्क कार्यालयको स्थापना गरेका छन।स्वतन्त्र उम्मेवादार अग्रहरीले आज एक कार्यक्रम बिच आफ्नो सम्पर्क कार्यालयको स्थापना गरेका हुन।
सम्पर्क कार्यालयको उद्दघाटन गर्दै नेता विजय अग्रहरिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यमा आफूलाई जनताले भारी मत दीई विजयी गराउने विश्वाश व्यक्त गरेका छन।
यस क्षेत्रका शिक्षा स्वास्थ्य खानेपानी यातायात रोजगार कृषी तथा अन्य धेरै क्षेत्रमा तुलनात्मक रूपमा बिकास हुन नसकेकोले यसको गति बढाउन उम्मेदवारी गरेको बताएका छन।
विजय अग्रहरी लोसपा नेपाल नवलपरासीका वरिष्ठ नेता समेत रहेका थिए।पार्टीले विचार सिद्धान्त नमिल्ने संग गठबंधन गरेकोले आफ्नो स्वतन्त्र उम्मेदवारी दिइएको बताए।लोसपाले यसक्षेत्रमा राप्रपा संग गठबन्धन गरेर चुनावी मैदान होमिएको छ।अग्रहरी माछा चुनाव चिन्ह लिई चुनावी मैदानमा उत्रिएका छन।