
प्रतापपुर।नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले विकासको यात्रामा जोडिन सबैलाई आह्वान गरेका छन।
बिगतमा यस क्षेत्रबाट चुनाव जितेर जाने नेतृत्व प्रति आक्रोस व्यक्त गर्दै चौधरीले भने २५ बर्षसम्म क्षेत्रलाई उपेक्षा गरियो अब जनताको भावना मथि खेलबाड हुदैन।उनले थपे २५ बर्ष देखि नगुडेको बिकासको रेल अब एक्सप्रेस गतिमा गुड्छ आउनुहोस सगै यात्रा गरौ जो छुटे तिनिहरु सदाकालागि छुटे।
नेपालि कांग्रेस क्षेत्र नम्बर १ ले आज प्रतापपुरमा गरेको आमसभालाई सम्बोधन गर्दै चौधरीले बिकास,शिक्षा,स्वास्थ्य र रोजगारीको अवस्था र यहाको जिवनस्तर उस्ताको उस्तै रहनु दुर्भाग्यपुर्ण रहेको चौधरीले बताए।
आम जनताको भावनालाई भड्काएर व्ल्याकमेल गरेर जनताको मतलाई सत्ताको भर्याङ बनाउने प्रवित्ति धेरै नटिक्ने चौधरीले बताए।
स्थानिय श्रोत,साधनको समुचित सदुपयोग गरेर अघि बढ्न सके परिवर्तन चाडैनै सम्भव रहने बताउदै उमेदवार चौधरीले जनताबाट अनुमोदित नभएको राजनितिक यात्रा दिर्घकालिन नहुने उल्लेख गरे। अरुले जस्तो नकारात्मक टिप्पणि गरेर बिरोध गर्ने आफु सग फुर्सद नभएको र सकारात्मक सोच,र उचित एजेन्डामा नै जिवन समर्पित भएको धारणा व्यक्त गरे।म त विकास बिरोधि होईन बिकासको बिरोध गर्नलाई त त्रिपाठि जि नै हुुहुन्छ उनले भने हामिले फाउन्डेसन मार्फत केरामा आधारित उधोग खोल्न लागेका थियौ यहाकै युवालालेनै रोजगारी पाउथे त्यसलाई त्रिपाठि जिले रोक्ने प्रयत्न गर्नुभो।बिकास बिरोधिको जनताले बुझ्न आवश्यक रहेको चौधरीले बताए।
यसैगरी कार्यक्रममा बोल्दै नेपालि कांग्रेसका नेता एवम पुर्व उपप्रधानमन्त्रि बिमलेन्द्र निधिले राजिनिति सगै आर्थिक मुलुकको आर्थिक बिकास जोडिने हुदा यस क्षेत्रको सर्वाङगिण बिकासका लागि बिनोद चौधरीलाई जिताउनु पर्ने तर्क व्यक्त गरे।
नागरिकता बिहिनको सवालमा बोल्दै निधिले एमालेले बिधयेक रोकेको बताउदै गठबन्धन सरकार बनेपश्चात राष्ट्रपति परिवर्तन गरेरै भएपनि नागरकिता बिधयेक पास गराउने दावि गरे।कार्यक्रममा कार्यकर्ता तथा सुभेच्छुकहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
चौधरी ग्रुपद्धारा पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग दर्ता