
परासी।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्ष्यित गर्दै मिडिया र पत्रकारलाई अभिमुखिकरण गरिएको छ।
निर्वाचन आयोग पश्चिम नवलपरासीको कार्यलयको आयोजनामा पत्रकारलाई अभिमुखिकरण कार्यक्रम गरिएको थियो।
अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन अधिकारी सुजित्रा खत्री र पत्रकार महासङ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले अभिमुखिकरण कार्यक्रमको सहजीकरण गर्नु भएको थियो।
त्यस्तै कार्यक्रम निर्वाचन आयोगका मुख्य अधिकृत खडानन्न तिवारी,आचारसंहितामा अनुगमन समिती संयोजक पर्शुराम नेपाल,सुरक्षा निकायका प्रमुखहरु साथै पत्रकारहरुको उपस्थिती रहेको थियो।