ट्रेन्डीङ्ग

म आफ्नो कर्ममा बिश्वास र शुद्ध राजनीति गर्ने ब्यक्ति हो:हृदयेश त्रीपाठि

परासी।जनता प्रगतिशील पार्टीका केन्द्रिय अध्यक्ष एवं नवलपरासी निर्वाचन क्षेत्र.न १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार माननीय हृदयेश त्रिपाठीले आफ्नो कर्ममा बिश्वास र शुद्ध राजनीतिक गर्ने ब्यक्ति भएको बताउनु भएको छ।

नेता त्रिपाठीले कर्मलाई बिश्वास गर्दै शुद्ध राजनीतिक गर्ने भएकाले आफ्नो क्षेत्र मात्र नभइ नवलपरासीको अस्तित्व जोगाई रहेको र आफू बाचुनजेलसम्म जिल्लाको अस्तित्व जोगाई रहने बताउनु भयो।

नेता त्रिपाठीले बि.स २०४३ सालमा स्वतन्त्रबाट माछा चुनाव चिन्हबाट साल देखि राजनीतिक यात्रा सुरु गरे २०४८,२०५१ र २०५६ मा नेपाल सदभावना पार्टीबाट बिजय ,२०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट बिजय प्राप्त,२०७० सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट पराजित र २०७४ साल स्वतन्त्र राजनीतिक समूह गठन गरि बाम गठबन्धन संग सहकार्य गरि एमालेको सूर्य चुनाव चिन्हबाट बिजय प्राप्त गरि राजनीतिक यात्रामा त्रिपाठी २०५४ सालमा बन मन्त्री,२०६३ सालमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री,२०६८ सालमा भौतिक योजना तथा सडक यातायात मन्त्री,२०७६ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र २०७७ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदमा रहेदेखि अहिलेसम्म नवलपरासीको मान प्रतिष्ठिथा र अस्तित्व कायम गर्न सफल रहेको र आफुले नवलपरासी निर्वाचन क्षेत्र न १ को मतदाताहरुको इज्जतमा आच आउने काम अहिलेसम्म नगरेको कारणले आफुलाई कुनै किसिमको लाक्षना नलागेको भन्दै आफ्नो क्षेत्र मात्र नभई नवलपरासीको अस्तित्व कायम राखेको उहाँले दाबी गर्नु भयो।

नेता त्रिपाठीका अनुसार आफू संगै राजनीतिक गरेका कतिपय नेताहरु विभिन्न किसिमको लाक्षना लाएर आफ्नो मात्र नभई आफ्ना क्षेत्रका मतदाताहरुको अस्तित्व पनि लोप गरेको उहाँले बताउनु भयो।

नेता त्रिपाठीले यो देशमा कुनै माईको लाल छैन मलाई कुनै प्रकारको भ्रष्टाचार जस्ता आरोप प्रमाणीत गर्न सक्ने म आफ्नो कर्ममा बिश्वास गर्ने ब्यक्ति हो र म शुद्ध राजनीतिक गर्ने ब्यक्ति हो यो होईन कि म आफ्नो ब्यापारलाई फाइदा गराउन राजनीतिकमा आए जस्तो होइन।

नेता त्रिपाठीले व्यंग्य गर्दै यतिखेर मेरो क्षेत्रमा एक जना ब्यापारि पर्यटकीय पाहुनाको रूपमा नेता बनेर आउनु भएको छ उहाँले ४५ बर्ष सम्म पश्चिम नवलपरासीलाई नदेख्ने र अहिले आएर बिकासको लहर ल्याउने झुठको खेती गर्दै हिड्नु भएको छ रे भन्दै उहाँ पाहुना हुन उहाँलाई भोट होईन आदर गरि मिठा प्रकारका खानाहरु खुवाएर बिदा गर्नुपर्ने बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal