ट्रेन्डीङ्ग

भोलि मंगलबार सूर्यग्रहण,नांगो आँखाले नहेर्न विज्ञको सुझाव

काठमाडौँ।मंगलबार दिउँसो सूर्यग्रहण लाग्दैछ।दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ।खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ।

नांगो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भटराइले बताए।विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उनले बताए।समथर भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ।

कतिपयले सूर्यग्रहणका कारण लक्ष्मी पूजा आजका लागि सरेको बताएपनि त्यो सत्य नभएको नेपाल पञ्‍चांग निर्णायक समितिका सदस्य देवमणी भट्टराईले बताए।

तिहारमा औंसीको घडीमा प्रदोष समय भेटिएको बेला लक्ष्मी पूजा मनाउने शास्त्रीय मान्यता अनुसार आजै लक्ष्मी पूजा मनाउन लागिएको उनले बताए।यस वर्ष चतुर्दशी सकिएर औंसीको घडी कुकुर तिहारको दिन अर्थात आज परेकोले लक्ष्मी पूजा पनि आजै गर्न लागिएको हो।

धार्मिक मान्यता अनुसार ग्रहण लागेको बेला खान नहुने धारणा रहेपनि विज्ञान अनुसार ग्रहणका बेला खाना खाँदा कुनै असर नगर्ने विज्ञहरू बताउँछन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?