ट्रेन्डीङ्ग

त्रिपाठीबाट बिकास भएन:नेता कलवार

परासी।नेपाली कांग्रेसका नेता देवकरण प्रसाद कलवार(सन्तु)ले जनता प्रगतीशिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले पटक-पटक निर्वाचन जितेपनि यस क्षेत्रमा विकासमा चासो नदेखाएको आरोप लगाउनुभएको छ।

नवलपरासी पश्चिम संघीय निर्वाचन क्षेत्र न.१अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र न.ख(२)मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहनुभएका कलवारले प्रेस युनियनले आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो।

यस अगाबैका ५ वटा निर्वाचनमा विजयी बनेपनि त्रिपाठीले यस क्षेत्रका शिक्षा स्वास्थ्य तथा भौतिक पुर्वाधारको क्षेत्रमा उल्लेखीय काम नगरेका कलवारको आरोप छ।

यस पटक नेपाली कांग्रेसबाट त्रिपाठी संग प्रतिष्पर्धामा रहनुभएका नेपाली कांग्रेसका नेता बिनोद चौधरी एउटा मिसन र भिजन भएको प्रभावशाली नेता भएकाले यस पटक जनताले चौधरीलाई बिजयी गराउने विस्वास व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal