
बर्दघाट।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले बिकासको यात्रा अब आफ्नो निर्वाचन क्षेत्रबाटै सुरु हुने बताएकाछ्न।नेपाली काङ्ग्रेसले सरावल गाउपालिकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले बिकासको यात्राको सुरुवात नवलपरासीबाटै सुरुहुने प्रतिबद्धता व्यक्त गरे।
चौधरीसग मतदाताले डुबान,सिचाई र कृषिका समस्याका बारेमा जानकारी गराएका थिए।स्पष्ट नीति मार्फत आम जनताको मागको उचित सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको चौधरीले बताए।भुजहवामा भएको कार्यक्रममा स्थानियले सिमानाकामा बेहोर्नु परेको समस्या मलखादको अभाव लगायतका गुनासोको सम्बोधन गर्न आग्रह गरेका थिए।आफू निर्वाचित भए सबै समस्याको समाधानको पहल आफुबाटै हुने उल्लेख गरे।
चौधरीले प्रतापपुर सुस्ता र सरावलमा पहिलो चरणको भेटघाट कार्यक्रम पूरा गरेका छ्न।राजनीतिक रुपमा पहिलो पटक यश क्षेत्रमा आए पनि यहाका मुख्य समस्याका बारेमा आफू जानकार भएको बताउदै नवलपरासी आफ्ना लागी नौलो नभएको धारणा ब्यक्त गरे।चौधरीसग सयौ युवाले बेरोजगारी समस्याका बिषय उठान गरेका छन।त्यसकालागी उधमको बिकास गर्ने अभिप्राय रहेको चौधरीले उल्लेख गरे।