
परासी।नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन।उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुख दिने गरेको र यसले पारेको प्रभावका बारेमा प्रभावित क्षेत्रका बासिन्दासँग जानकारी लिएका थिए।
सुस्ता गाँउपालिका अन्तर्गत रिपौलिया,बरुवा,छिवनी सतपत्ति,फेचुवा क्षेत्रका स्थानीयहरुले प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीलाई बाढीको समस्या समाधान गरिदिन आग्रह गरेका थिए।
स्थानीय माया कोहारले विनोद चौधरीले आफरूहरूको समस्या समाधान हुने समेत विश्वास व्यक्त गरिन।
‘उद्योगपति पनि हुनुहुन्छ,देश विदेशमा चिनजान छ यो समस्या उहाँले मात्रै समाधान गर्न सक्नुहुन्छ,’ कोहारले भनिन।
नारायणि नदी बस्ती नजिक रहेको र गण्डक नहरले समेत छोएको कारण बाढीको समस्या रहेको अर्का स्थानीय हरि चौधरीले बताए।उनले उद्योगपति एवम् कांग्रेस नेता चौधरी प्रभावित क्षेत्रको अवलोन गर्दा आफूहरु हर्षित भएको र समस्याको समाधान हुनेमा विश्वस्त रहेको बताए।
‘पहिलो चुनाब जितेर जाने जो कोहिले पनि बाढि समस्या समाधान गर्छु भन्छन् तर समाधान हुँदैन।अब उद्योगपति विनोद चौधरी आफै अवलोकन गर्न आएपछि पक्कै समाधान हुन्छ भन्ने आसमा छौँ,’चौधरीले भने।
प्रतिनिधि सभा उम्मेदवार चौधरीले त बाढी र डुबानको समस्या समाधान गर्न विषयमा आफू गम्भीर रहेको बताए।
बाढी प्रभावित क्षेत्रमा कांग्रेसका नेता एवम् प्रदेश सभा सदस्य उम्मेदवार देवकरण कलवार,सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायलगायत को पुगेका थिए।
जिल्लाको सरावलका केही वडामा समेत डुबानको समस्या रहेकाले स्थानियले चौधरीलाई समस्याको बारेमा जनाएका थिए।सरावलको भुझहवामा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले समस्याको दीर्घकालीन समाधान खोज्न जरुरी रहेको बताए।