ट्रेन्डीङ्ग

चालकहरुलाई सचेतना अभिवृद्धि कार्यक्रम भुमहिमा सम्पन्न

सुनवल।सवारी दुर्घटना न्युनिकरण गर्ने भन्दै पश्चिम नवलपरासीको भुमहिमा सावरी चालकहरुलाई सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न छ।

श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय लुम्विनी प्रदेश सरकारको आयोजना तथा नेपाल प्रहरी राजमार्ग ट्रफिक व्यवस्थापनको समन्वयमा चालकहरुलाई सचेत गराइएको जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

सो अवसरमा यातायातको क्षेत्रमा प्रदेश सरकारको भुमिका,चुनौति र भावि कार्यदिशाको वारेमा श्रम तथा यातायात व्यवस्थ मन्त्रालय लुम्विनी प्रदेशका उपसचिव राजेन्द्र प्रसाद पन्थीले जानकारी गराउनुभएको थियो।
त्यस्तै सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक संकेत चिन्हको वारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी निरिक्षक मधुसुदन सिंहले जानकारी गराउनुभयो।

त्यस्तै प्रदेशको यातायात सम्वन्धि नितिनियमको वारेमा श्रम तथा यातायात व्यवस्था मन्त्रालयका शाखा अधिकृत रुका भट्टराईले जनाकारी गराउनुभयो।

त्यस्तै ट्राफिक नियम सम्वन्धी कानुनी व्यवस्था तथा जनचेतनाका वारेमा प्रहरी नायव निरिक्षक पृथ्वीनारायण काफ्लले चालकहरुलाई सचेत गराउदै ७० प्रतिशत दुर्घटना मानविय कारणले हुने भन्दै सवै सचेत वन्नु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा जिल्ला प्रमुख अधिकारी श्रवण कुमार पोखरेल,जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कंडेल लगाएतको उपस्थीती रहेको सचेनता अभिवृद्धि कार्यक्रममा इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख विष्णु पौडेलले चालकहरुलाई दुर्घटना भैइ सकेपछिको अवस्थालाई स्मरण गराउदै दुर्घटना न्युनिकरणमा संम्वेदनशिल भैइ लाग्नु पर्ने बताउनुभयो।

कार्यक्रममा पश्चिम नवलपरासीमा रहेका विभिन्न वर्गका सवारी चालकहरुको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal