ट्रेन्डीङ्ग

बझाङमा जीप दुर्घटना ६ जनाकाे मृत्युु,१६ जना घाइते

बझाङ।बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।आज दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।

जिप सडकबाट दुई सय मिटर तल खोल्सामा खसेको छ। दुर्घटनामा परी १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

विस्तृत विवरण आउन केही समय लाग्छ।’मृतक र घाइतेहरुको पहिचान भने खुलेको छैन।घाईतेकाे जिल्ला अस्ताल बझाङमा उपचार हुदै प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।

प्रहरीका अनुसार घाइते हुनेमा मष्टा गाउँपालिका- २ का ८ बर्षिय अमृत खड्का,१३ बर्षिया रोशनि धामी,सिंहवीर बुढा,३५ बर्षिय राजेश रोकाया, गाडी चालक राजेश रोकाया,४ बर्षिय सिर्जन सिंह,११ बर्षिया अम्बिका सिंह,५० बर्षिया सिन्कि देवि भण्डारी,सोही वडा २५ बर्षिया कमला कठायत,२१ बर्षिया निन्दा ओखेडा,७५ बर्षिय बिरबहादुर खड्का,मष्टा साडा-१ बस्ने ३६ बर्षिय सन्तोष सिंह,२२ बर्षिय ईश्वर ओखेडा,अनिस ओखेडा,१० बर्षिय अंकित खड्का, ७५ बर्षिय बिरबहादुर खड्का,४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal