
परासी।आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उमेदवार हरु यतिबेला घरदैलो अभियानमा जुटेका छ्न।जनता सामु आफुलाई अब्बल साबित गर्न एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न उमेदवारहरु आतुर छन।
पश्चिम् नवलपरासी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरी यतिबेला आफ्ना एजेन्डा र योजना बोकेर घरदैलो अभियानमा जुटेका छ्न।
मतदातालाई आफ्नो भिजन र अनुभव सुनाउदै उनी बिहानदेखिनै टोल टोलमा पुग्ने गरेका छ्न।ब्यवसायिक रुपमा प्रबुद्ध नाम कमाएर चौधरी सग सो क्षेत्रका जनताले ठूलो आशा बोकेका छ्न।उनी पुग्ने हरेक ठाउमा युवा र बृद्दाहरुले आ आफ्ना ठाउका गुनासो पोख्दै परिवर्तनको सम्बाहकको बिकल्पको रुपमा उनलाई लिएको बताएका छ्न।उनले जनतामाझ गरेका प्रतिबद्धताहरु पूरा हुन यसपाला उनको राजनीतिक यात्राको पहिलो खुड्किलो बनेको छ पश्चिम नवलपरासी।यश क्षेत्रका सबै नेतृत्वलाई भोगेका जनताहरुले चौधरीको दक्षता भने हेर्न बाकी रहेको उनका समर्थकहरु बताउछ्न।
मुलुककै परिवर्तनका लागि राजनीतिमा होमिएको बताउने चौधरीले यस क्षेत्रका अन्य राजनीतिक दलका उमेदवारले टुरिष्ट उमेदवारको पगरी भिराएकोमा आपत्ती जनाउदै त्यसको खण्डन गरेका छन।उनी भन्छ्न राजनीतिक रुपमा मेरा लागि यो क्षेत्र नया होला तर ब्यवसायिक रुपमा म ४० बर्ष देखि नवलपरासी सग जोडिएको छु।मलाई उमेदवार टुरिष्ट हुन्छ भन्ने थाहा छैन तर टुरिजम के हो मैले राम्ररी बुझेको छु।टुरिजमको माध्यमबाट उल्लेख आर्थिक बिकास गर्न सकिने उनको भनाई छ।
यतिबेला उनी प्रतापपुर गाउपालिकाका विभिन्न वडामा पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी भैइरहेका छ्न।