
सुनवल।पश्चिम नवलपरासीका व्यावसायीहरु वैंकले अस्वभाभिक व्याज वढाएको भन्दै आन्दोलनमा उत्रिएका छन।वैंक तथा वित्तिय संस्थाहरुको व्याज वृद्धि तथा ज्यादती को विरुद्ध व्यावसायीहरुले संकेत्तिक रुपमा सुनवल चोकमा विरोध सभा गरेका छन।
व्यवसायीहरुले बैंकको चर्को व्याजदरले व्यवसाय धरासायी वनेको भन्दै तत्काल व्यवसायीको मर्का सम्वोधन गर्न माग समेत गरेका छन।असोजको पहिलो हप्तामै जिल्ला प्रशासन र राष्ट्र वैंकलाई ज्ञयापनपत्र द्धारा ध्यानाकर्षण गारउदा पनि ब्याजदरमा कुनै सुनुवाई नभएकाले संकेतिक रुपमा १५ मिनट चक्का जाम र विरोध सभा गरेको उद्योग वाणज्य संघ सुनवलले जनाएको छ।त्यस्तै कार्तिक २ गते विरोध स्वरुप सटर डाउन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो।
त्यस्तै विभिन्न राजनैतिक आन्दोलनमा व्यवसायीहरुले सहयोग गरेको भन्दै अब व्यवसायीहरु आफै आन्दोलनमा होमिएकाले सवैले सहयोग गर्नु पर्ने र तत्काल समस्यालाई समाधन गर्न राष्ट्र वैंक र सरकाले तत्कालन सम्वोधन गर्नुपर्ने उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीको भनाई छ।
विरोध कार्यक्रममा ट्रक व्यवसायी संघका नवलपरासी सेक्टर उपाध्यक्ष विष्णु सुवेदी,मदिरा व्यवसायी संघका जिल्ला अध्यक्ष हरि भण्डारी,इट्टा व्यावसायी केन्द्रिय सदस्य कृष्ण नारायण श्रेष्ठ,वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगाएतले विरोध सभालाई सम्वोधन गर्नुभएको उद्योग वाणिज्य संघ सुनवलका महासिचव तेजु भण्डारीले बताउनुभयो।
विरोध कर्याक्रममा पश्चिम नवलपरासीका ढुवानी व्यवसायी,मदिरा व्यवसायी,इट्टा व्यावसायीहरु साथै विभिन्न व्यवसाय संग सम्वन्धित वस्तुगत संघहरुको सहभागिता रहेको थियो।
व्यावसायीहरुले वैंक तथा वित्तिय संघसस्थाले ८ प्रतिशतमा गरेको लगानि वढाएर अहिले १६ प्रतिशत पुर्याएको भन्दै समयमै व्याजदर नघटाए आफुहरु दामासायी हुने अवस्थामा रहेको वताएका छन।