
बर्दघाट।मधुवन कृषि बहुउद्देशिय सहकारी संस्था लिमिटेड बर्दघाट ९ पश्चिम् निवलपरासीको १४ औं बार्षिक साधारणसभा शनिबार भुताहामा सम्पन्न भएको छ।सस्थाका अध्यक्ष छबी प्रसाद पौडेलको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता एवं बर्दघाट ९ का वार्ड अध्यक्ष चन्द्रकान्त चापागाई को बिशेष आतथ्यतिामा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले सहकारीहरुले आफ्नो लक्ष्य अनुसार काम गर्नुपर्ने बताउदै सहकारीहरुले सेयर सदस्यहरुलाई सहकारी शिक्षाका साथै वित्तयि साक्षरता सञ्चालन गरी उधमशिल बनाउन जोड दिनुपर्ने बताउनु भयो।
बर्दघाट नगरपालिकाले अब कृषक लाई अनुदान भन्दा पनि उत्पादनमा राहत प्रदान गर्ने र कृषिलाई प्रमुख प्राथमिकतामा राख्दै नगरभित्र सिचाई ,बिउ बिजनमा अनुदान प्रदान गरिरहेको बताउनुभयो।कार्यक्रममा बिशेष अतिथि वार्ड अध्यक्ष चन्द्रकान्त चापागाईले एकै प्रकारका सहकारीले प्रतिस्पर्धा भन्दापनि सहकार्य गरेर कृषकका हितमा काम गर्नुपर्नै बताउदै यस प्रकारका सहकारी नाफामुखी भन्दापनि सेवामुखी हुनुपर्नै बताउनु भयो
कार्यक्रममा अध्यक्षको प्रतिवेदन अध्यक्ष छबी प्रसाद पौडेलले र संस्थाको आर्थिक बर्ष ०७८।७९ प्रगती बिबरण तथा आगामी आ.वको प्रस्तावित बार्षिक निति तथा कार्यक्रम सचिव प्रकाश घिमिरेले प्रस्तुत गर्नूभएको थियो।कोषध्यक्ष को प्रतिवेदन भने उपाध्यक्ष ईन्द्र प्रसाद ढकालले सस्थाको कुल ४ करोड २३ लाख ५ हजार २ सय ९४ रुपैया बराबरको वासलात विवरण प्रस्तुत गर्दै आर्थिक बर्ष ०७८/७९ मा सस्थाले ७ लाख ३ हजार ४ सय ३६ रुपैया शुद्ध नाफा गर्न सफल रहेको प्रतबेिदन प्रस्तुत गर्नुभएको थियो।त्यस्तै लेखा समितिको प्रतिबेदन लेखा समयोजक हेमलाल न्यौपानेले प्रस्तुत गर्नूभएको थियो।
कार्यक्रममा पंचनगर महिला कल्याण कृषि सहकारी संस्था की अध्यक्ष लोमा वाग्ले,ग्रामिण बचत तथा श्रण सहकारी संस्था का अध्यक्ष देवी प्रसाद अधिकारी,जिल्ला दुग्ध उत्पादन संघ नवलपरासीका अध्यक्ष पुर्ण प्रसाद तिमिल्सीना,जिल्ला सहकारी संघका प्रतिनिधि दिल कुमारी कुवर,लगायतले मनतव्य राखनुभएको थियो।
संस्थाका उपाध्यक्ष ईन्द्र प्रसाद ढकालको स्वागत मनतव्य रहेको कार्यक्रमको संचालन सचिव प्रकाश घिमिरेले गर्नु भएको थियो।
नवलपरासीको बर्दघाट नगरपालिका र सरावल गाउपालिका कार्यक्षेत्र रहेको यस संस्थामा महिला २ सय ८१ र पुरुष २७९ गरी कुल ६६० जना सदस्य रहेको र संस्थाले सहकारी पसल संचालन गर्नुका साथै कृषि तथा पशुपालकका लागी,बिउ बिजन,मल पशुआहारा समेत बिक्रि गर्दै आईरहेको र केही समय पछि दूध समेत संकलन गर्ने लक्ष्य लिएको संस्थाका सहव्यव्स्थापक तिल प्रसाद रिजालले जानकारी दिनुभयो।