ट्रेन्डीङ्ग

रुपन्देही-२ का उम्मेदवार गुरुङको रिटको आज सुनुवाइ

रुपन्देही।नेकपा एकीकृत समाजवादीका रुपन्देही-२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदै छ।आफ्नो उम्मेदवारी खारेजीविरुद्ध बिहीबार गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए।

निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो।आयोगको उक्त निर्णयविरुद्ध गुरुङले रिट निवेदन दायर गरेका हुन्।रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal