ट्रेन्डीङ्ग

ग्रामीण साकोस बर्दघाटको क्षेत्रगत २९ औँ साधारणसभा सम्पन्न

बर्दघाट।पश्चिम नवलपरासीको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ७ को क्षेत्रगत २९ औँ साधारणसभा अन्तर्गत शुक्रबार बर्दघाट सेवा केन्द्रको बार्षिक साधारण सभा बर्दघाटमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता एवं नेफ्स्कुन फिल्ड कार्यालय बुटवलका सञ्चालक समिती सदस्य रविन्द्र बिक्रम हमालको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका सदस्य ईन्दिरा रोक्काको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले सहकार्यबाट नै सहकारी संचालन हुने हुदा शेयर सदस्य र सञ्चालकको ईमान्दारिता बाट सहकारी उत्कृष्ट हुने बताउदै,शेयर सदस्यहरुको सहयोग र उत्कृष्ट नेतृत्वको कारणले सहकारी संस्था उत्कृष्ट बन्न सफल भएको बताउनुभयो।
उहाँले प्रोब्सेन ब्राण्ड र एक्सेस ब्राण्ड पाउन सफल भएको सस्था अझै उचाईमा पुर्याउन जोड दिनुभयो।सभामा अध्यक्ष को प्रतिबेदन अध्यक्ष देवि प्रसाद अधिकारिले र गत आर्थिक २०७८/०७९ को प्रगति विवरण तथा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सस्थाकी सचिव राधा ढकालले प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष मुरली कृष्ण खनालले संस्थाको कुल ८१ करोड बराबरको आय व्यय बिबरण प्रस्तुत गर्दै सस्थाले १ करोड ७८ लाख ७१ ह्जार ८ सय ७२ रुपिया शुद्ध नाफा गर्न सफल भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा संयोजक बोध प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा बर्दघाट २ का वडाअध्यक्ष गणेश बाहादुर क्षेत्री,सस्थाका सल्लाहाकार बद्रीनाथ खनाल,पुर्ब सञ्चालक समिती सदस्य टीका राम पाण्डेय,दिब्यज्योती क्याम्पस प्रमुख सागरमणि पाण्डेय,शेयर सदस्य श्रीधर भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो।

सस्थाका उपाध्यक्ष सुरज केसिको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सहसचिव देवीदत्त सापकोटाले गर्नुभएको थियो।
नवलपरासी जिल्ला कार्यक्षेत्र रही बर्दघाट ७ मा केन्द्रिय कार्यालय रहेको ग्रामीण साकोसमा ५ हजार ८ सय ७२ महिला र ४ हजार २ सय ६२ पुरुष गरि कुल १० हजार १ सय ४२ जना शेयर सदस्य र सस्थागत ८ एवं १ हजार ९ सय २१ बाल सदस्य रहेको र संस्थाले बर्दघाट नगरपलिकामा ४ सेवा केन्द्र मार्फत बर्दघाट ४ बर्दघाट,बर्दघाट १६ दाउन्नेदेवी,बर्दघाट १३ जहदा र बर्दघाट ९ भुताहाबाट सेवा दिईरहेको संस्थाका व्यवस्थापक अनन्त पाण्डेले बताउनु भयो।

सस्थाले प्रत्येक सेवा केन्द्रमा क्षेत्रगत साधारण सभा गर्दै यही असोज ३० गते सस्थाको केन्द्रिय कार्यालयमा २९ औँ साधारण सभा सम्पन्न गर्ने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?