
काठमाडौँ।प्रतिनिधिसभा अन्तर्गत जनता समाजवादी पार्टीले ७९ सिटमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छ।लोसपा नेपालले भने ५१ सिटमा उम्मेदवारी दिएको छ।प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जसपा नेपालले केही सिटमा एमालेसँग तालमेल गरेको छ।
अर्कोतिर लोसपा नेपालले भने सत्तारुढ गठबन्धनसँग तालमेल गरेर भागबण्डाका आधारमा उम्मेदवारी दिएको हो।उम्मेदवारी फिर्ताको समय सकिएपछि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो।१६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्।