ट्रेन्डीङ्ग

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

काठमाडौं।सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमति विना उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।

सत्ता गठबन्धनमा आवद्ध कांग्रेस,माआवादी केन्द्र,नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ-आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो।

निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने आज बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?