ट्रेन्डीङ्ग

महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयमा मिनि सायन्स एक्जिवेशन

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा अवस्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले विज्ञान दिवसको अवसरमा मिनि सायन्स एक्जिवेशन गरेको छ।“विज्ञान र प्रविधिमा लगानीको विस्तार समुन्नत र समृद्धिको आधार” भन्ने नाराका साथ दशौं राष्ट्रिय विज्ञान दिवस मनाएको महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयका विज्ञान समुह संयोजक शिक्षक विष्णु काफ्लेले बताउनुभयो।एक्जिवेशनमा विज्ञान समुहमा अध्ययनरत कक्षा ११ र १२ साथै विज्ञानमा रुचि राख्ने कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले भौतिक,रसायन र जिव विज्ञान अन्तर्गतका पास्कल,हाइड्रोलिक प्रेसर,सोराल सिस्टम,वाष्पिकरण,सब्लीमेशन टाइट्रेशन,म्युजियम स्पेशिमेन,जिवकोशको सलाईड,लगायतको अवलोकन भएको संयोजक काफ्लेले बताउनुभयो।

शैद्धान्तिक सँगसँगै प्रयोगात्मक सिकाईलाई प्राथमिकता दिने उद्देश्य सहित विज्ञान,होटल म्यानेजम्याण्ट,कम्प्युटर लगायत प्रयोगात्मक सिकाईका लागी उत्कृष्ट ल्यावको व्यवस्था रहेको विद्यालयका प्रअ खेमलाल जोशि शर्माले बताउनुभयो।बर्तमान अवस्था बजारको मागलाई मध्यनजर गर्दै शैद्धान्तिक ज्ञानका साथै व्यावहारिक ज्ञानलाई प्राथमिकताका साथ विद्यालयले जोड दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले बताउनुभयो।प्रयोगात्मक कार्यका लागी यस क्षेत्रमै उत्कृष्ट ल्यावहरु साथै सोहि अनुसार दक्ष जनशक्तिको समेत व्यवस्थापन गरेको दावि गर्दै अध्यक्ष अर्यालले देवकोटा नमुना माध्यामिक विद्यालयलाई देशकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा विकास गर्न लागी परेको बताउनुभयो।दुई हजार भन्दा वढि विद्यार्थीले गर्ने पठनपान गर्ने महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयमा विज्ञान,व्यवस्थापन,कानुन मानविकि र शिक्षा संकाय अन्तर्गतका विषयहरु पठनपाठन हुदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?