
वालिङ।स्याङ्जाको वालिङबाट ५ बालक तीन दिनदेखि सम्पर्क विहिन भएपछि खोजि कार्य गरिदिन परिवारले आग्रह गरेका छन।
वालिङ नपा-१३ सिख्रे निवासी अन्दाजी १४/१५ वर्षिका ५ बालक एक्कै पटक सम्पर्क विहिन भएपछि खोजि कार्य गरिदन परिवारले अनुरोध गरेका छन।बुधवार विहान घरबाट हिडेका किसान नेपाली,राम,लक्ष्मण,सन्तोष र बिश्व परियार नाम गरेका पाँचजना बालक अहिलेसम्म सम्पर्कमा नआएको र खोजी कार्यलाई सबैतिर सम्पर्क गरिएको वालिङ नपा-१३ का वडा अध्यक्ष नमलाल डुम्रेले बताए।
हराएका पाँचजना बालकलाई कोही कसैले फेला पारेको खण्डमा नजिककाे प्रहरी कार्यालय वा सम्पर्क नम्बरहरु 9856055116,9814162180 मा खबर गरिदिनु हुन परिवारले आग्रह गरेको छ्न।