
परासी।नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीले अनौपचारिक बालशिक्षा अन्तर्गत श्रमिकका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ।
जिलाफको सहयोगमा संचालित अनौपचारिक बालशिक्षा अन्तर्गतका ४५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।
नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीका अध्यक्ष ज्ञानहरि अर्यालको अध्यक्षता साथै प्रतापपुर गाउँपालिकका अध्यक्ष उमेश यादवको प्रमुख आतिथ्यतामा बालबालिकाहरुलाई झोला र पाठ्यसामग्री बितरण गरेको नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीले जनाएको छ।
पाठ्यसामग्री बितरण कार्यक्रममा उपसभापति नाथुराम क्षेत्री,वार्ड अध्यक्ष महेन्द्र बहादुर चौधरी,वाड सदस्य किशोर गौतम,सदानन्द गुप्ता,बिमल ढकाल लगायत विद्यार्थी,अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन नारायण सापकोटाले गर्नुभएको थियोे।