ट्रेन्डीङ्ग

महाकवि देवकोटा नमूना माविमा ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसमा वक्तृत्वकला प्रतियोगिता

सुनवल।५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाईएको छ।नवलपरासीको सुनवलमा अवस्थित महाकवी देवकोटा नमुना माविले नगरस्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरि मनाएको छ।देवकोटा नमुना माविले सुनवल नगरस्तरिय साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण विषयक मावी स्तरीय वक्तृत्वकला प्रतियोगिता-२०७९ आयोजना गरि मनाएको हो।विधालयका व्यवस्थापन समिति अध्यक्ष ज्ञानहरि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आथित्यतमा सम्पन्न भएको थियो।वक्तृत्वकला प्रतियोगितामा सुनवलका विधालयमा अध्यनरत माध्यामिक तहका विधार्थीको सहभागी रहेको थियो।प्रतियोगीतामा जनसेवा मावि विसासय कि पुजा अधिकारी प्रथम भएकी छन भने दोश्रो र तेस्रो क्रमश:वाक्वाणि मावि जर्गाहका लक्ष्मी खवास र जगन्नाथ मावि भुमहीका विशेष खरेल भएका छन भने सान्त्वना रमावपुर मावी रमवापुरकि स्मृति सापकोटा भएकी छन निर्णायक मण्डलका संयोजक हरिदत्त सापकोटाले बताए।कार्यक्रममा सुनवल वडा-४ का वडाअध्यक्ष बालकृष्ण पंगेनी,वडा १० का वडाअध्यक्ष दिल थापा,महाकवि देवकोटा नमूना माविका प्रह खेमलाल जोशी शर्मा,शिक्षक अभिभावक सघका डिल्लीराम शर्मा,विधालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो।बिधालय व्यवस्थापन समिति सदस्य प्रतिभा कार्कीको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन शिक्षक धुर्ब घिमिरे गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?