

काठमाडौ।नेपाली राष्ट्रिय क्रीकेटका निवर्तमान कप्तान सन्दीप लामिछानेले आधारहिन आरोपको सामना गर्न तयार रहेको बताएका छ।
लामिछानेले सामाजिक संजाल फेसबुकमा लेख्दै म निर्दोष छु नेपालको कानुन माथि बिश्वास छ कानुनले सबैलाई समान काम गर्ने छ।
म निर्दोष छु मलाई पुर्ण बिश्वास छ कि नेपालको कानुनले सबैलाई समान काम गर्नेछ त्यसैले आधारहिन आरोपको सामना गर्न तयार छु सत्यतथ्य छानबिन हुनेछ भन्नेमा विश्वास राख्दछु सिपिएल खेल सक्काए केही दिनमा नेपाल फर्कनेछु सन्दीपले भनेका छन।
सन्दीपमाथि १७ वर्षीया नाबालिगले काठमाडौँको एक होटलमा पुर्याइ जबरजस्ती करणी गरेको उजुरी दिएकी छन्।यो जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा सन्दीपविरुद्ध पक्राउ पूर्जी पनि जारी भइसकेको छ।उता नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरिसकेको छ।