
परासी।५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ।नवलपरासीको रामग्राम नगरपालिकाले सेवा निवृत्त भएका शिक्षकलाई सम्मान सहित बिदाई गर्नुका साथै सर्वोत्कृष्ट विद्यार्थिलाई मेयर छात्रवृत्ति सहित विविध कार्यक्रम गरि मनाएका छन।
रामग्राम नगरपालिकाले आज सेवा निवृत्त भएका शिक्षकलाई सम्मान सहित बिदाई गर्नुका साथै सर्वोत्कृष्ट विद्यार्थिलाई मेयर छात्रवृत्ति प्रदान गरेको छ।सामुदायिक विद्यालयतर्फ कक्षा ८ मा सर्वोत्कृष्ट नतिजा ल्याउने पवन मावि परासीकि पुजा यादव पुरस्कृति भएकि छन।यस्तै सामुदायिक विद्यलाय तर्फ नै कक्षा १० मा उत्कृष्ट हुने आर्दश माविका मनिष कुमार कोहार र कक्षा १२ मा उत्कृष्ट हुने पवन माविकि सरस्वती बि.क.नगद ५ हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको हो।यस्तै संस्थागत विद्यालय तर्फ कक्षा आठमा उत्कृष्ट हुन सफल मायादेवि ईङलिस बोर्डिङ्ग स्कृल उजैनीका निरजना गुप्ता पुरस्कृत भएकि छन।
संस्थागत विद्यालयतर्फ नै कक्षा १० मा उत्कृष्ट फ्युचर लाईट एकेडेमिका साधना कुमारी साहानी र कक्षा १२ मा उत्कृष्ट हुन सफल लिटिल एन्जल्स माविकि आचल कलवार नगद सहित पुरस्कृति भएका छन।यसैगरी साक्षरता दिवसकै अवसरमा आयोजित अन्तर मावि निबन्ध लेखन प्रतियोगितामा सहभागि १६ जना मध्ये पवन माविकि आकृति गुप्ता प्रथम भएकि छन।यस्तै उत्तम बालहित मावि उजैनिकि सृजना यादव दृतिय,लिटिल एन्जल्स मावि परासीकि दिविशा भण्डारी तृतिय र हिलेरीयस चिल्ड्रेन एकेडेमिका राहुल साहनी सान्त्वना हुन सफल भएका छन।यस्तै वक्तृत्वकला प्रतियोगितामा आर्दश मावि परासीका दृष्टिविहिन विद्यार्थि शंकर रौनियार प्रथम भएका छन।मायादेवि ईङलिस स्कुल उजैनीका तुलसी पटेल दृतिय,हिलिरियस चिल्ड्रेन एकेडेमिका शिवम बानिया तृतिय र उत्तम बालहित मावि उजैनिका लक्ष्मी हरिजन सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन।पुरस्कृत हुने सबैलाई नगद सहित सम्मान गरिएको छ।
सो क्रममा विभिन्न विद्यालयबाट सेवा निवृत्त हुन लागेका शिक्षकलाई नगर प्रमुख धनपत यादवले दोसल्ला ओडाएर सम्मान पत्र सहित बिदाई गर्नुभएको थियो।कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवले शिक्षा क्षेत्रमा थप लगानी आवश्यक भएको बताउनुभयो।नगर प्रमुख यादवले विद्यार्थिलाई हौसला प्रदान गर्न पुरस्कृति गरिएको बताउदै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा मुख्य प्राथमिकता दिईएको बताउनुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल,नगर शिक्षा अधिकारी रुद्र प्रसाद रेग्मि,पुर्व नगर शिक्षा समन्वय समिति अध्यक्ष सुमनगोपाल अचार्य,जर्नादन ठाकुर,दिपक भट्टराई, बल्लभाचार्य गिरी लगाएतले बोल्नुभएको थियो।साक्षरता दिवसको अवसरमा स्थानिय, प्रदेश र केन्द्र सरकारले विभिन्न कार्यक्रम गरेका छन।