ट्रेन्डीङ्ग

समाजवादी ट्रेड युनियन महासंघको गण्डकी स्तरीय भेला भदौ २५ गते हुने

कास्की।जनता समाजवादी पार्टी,नेपाल निकट ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला हुने भएको छ।

भेलाले भाद्र २५ गते समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय कमिटी गठन गर्ने भएको छ।

गत साउन १४ गते पुनर्गठन भएसंगै समाजवादी ट्रेड युनियन महासंघले आफ्नो संगठन निर्माणको अभियानलाई तिब्रता दिएको छ।

महासंघले ७ वटै प्रदेश कमिटि तथा पेशागत घटक संगठनहरुको समेत भेला तथा पुनर्गठन गर्ने र महासंघलाई प्रभावकारी ढंगले श्रमिकका पक्षमा काम गर्ने योजना बनाएको महासंघका अध्यक्ष अर्जुन लम्सालले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?