ट्रेन्डीङ्ग

कांग्रेस सल्यानको प्रतिनिधिसभा तर्फ दिलमानसहित तीन जनाको नाम सिफारिस

सल्यान।नेपाली काँग्रेस सल्यानले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि संभावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।

नेपाली काँग्रेस सल्यानले प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ दिलमान सिंह चन्दको नाम वर्णानुक्रम अनुसार एक नम्बरमा सिफारिस गरेको छ । उप-सभापति चक्र देवकोटाको अध्यक्षतामा बसेको बहुमत कार्यसमिति सदस्यको बैठकले दोस्रो नम्बरमा धुर्वराज पुरी र तेस्रो नम्बरमा राजेन्द्र बहादुर शाहलाई सिफारिस गरेको हो।

नेपाली कांग्रेस सल्यानको जिल्ला कार्यसमितिको बहुमत टिमले क्रमश चन्द,पुरी र शाहलाई प्रतिनिधि सभाकाे प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेकाे नेपाली कांग्रेस जिल्ला कार्य समिती सल्यानका उपसभापति चक्र देवकोटाले जानकारी दिए।यस्तै समानुपातिकमा डिल्लीराज रेग्मी,गणेश चन्दलगायत २४ को नाम सिफारिस भएको छ।

यस्तै प्रदेश क मा प्रत्यक्षतर्फ यकराज बुढाथोकी,एकराज डाँगी,नेत्रलाल ओली,सुरेश चन्द तथा समानुपातिकमा आइतुराम ओली,गोरख केसीलगायत १३ जनाको नाम सिफारिस गरिएको छ।

यता सभापति केश बहादुर विष्टकाे नेतृत्वकाे टिमबाट प्रतिनिधि सभाकाे सिफारिसमा प्रत्यक्षतर्फ केश बहादुर विष्टकाे नाम सिफारिस भएकाे छ।जसबाट समानुपातिकमा गणेश चन्द,नीम बहादुर ओली, महेश मल्ल,महेन्द्र श्रेष्ठ,धुर्ब बहादुर मल्ल,शंकर श्रेष्ठ,कमला अधिकारीलाई सिफारिस गरिएकाे छ।

त्यस्तै प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ गोरख केसी,सुरेश चन्द र डिल्ली बुढाथोकीकाे नाम सिफारिस भएकाे छ।प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फ सन्ताेष केसीकाे नाम एकल सिफारिस गरिएकाे छ । समानुपातिकमा शंकर श्रेष्ठ,बिरबहादुर सेजवाल, महेन्द्र कुमार श्रेष्ठ,कमला अधिकारी,साबित्रा राई, देबिसरा केसि,प्राणकुमार राई, मित्रलाल सार्की,क्षेत्रबहादुर बिकको नाम सिफारिस भएको छ।

यता कांग्रेसको बहुमत कार्यसमिति सदस्यले विधि र विधान विपरित सभापति विष्टले मनोमानी ढंगबाट निर्णय गरेको बताएको छ । प्रदेश सभा क र ख को उम्मेदवार छनौट प्रक्रिया नेपाली कांग्रेसको विधि र बिधान अनुसार नै सर्वसम्मत निर्णय भएकाले त्यसलाई जस्ताको तस्तै निर्णय गरिएको उपसभापति देवकोटाले जानकारी दिए।उनले भने-‘प्रतिनिधि साभा तर्फ हाम्रो असहमति हो,जहाँ नेपाली कांग्रेसको केन्द्र,प्रदेशको निर्देशन र कांग्रेसको विधि विधान विपरित निर्णय भएको छ, हाम्रो सभापतिले मनोमानी ढंगबाट निर्णय गर्नु भयो, त्यो हामीलाई मान्य हुँदैन, त्यसपछि हाम्रो बहुमत कार्यसमिति सदस्यले तीन जनाको नाम सिफारिस गरेको हो,’।

आफुहरुले गरेको निर्णय कर्णाली प्रदेश कार्यसमिति समक्ष पठाइएको देवकोटाले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?