
काठमाडौँ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले ८० सिट पाउने बताएका छन।मंगलबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेसले १०० सिट भने पनि ८० सिटको वरिपरि कुरा मिल्ने उनले बताएका हुन।
कांग्रेसले एक सय सिट दाबी गर्दै आएको छ।‘कांग्रेस ८० वरिपरि, हामी(माओवादी केन्द्र)ले ६० त्यसमा केही तलमाथि हुन्छ भनेका छौँ,’उनले भने,‘एकीकृत समाजवादी र जसपाले २५/२५ सिट दाबी गरिरहनुभएको स्थिति छ।सबै पार्टीका प्रतिनिधि बसेर क्षेत्र, प्रदेशसमेत जति मिल्छ मिलाउने,बाँकी शीर्ष तहबाट टुंग्याउँछौँ।’
यस्तै कार्यदललाई आज(मंगलबार)साँझसम्मको समय दिइएको उनले बताए।‘भोलि (बुधबार) शीर्ष तहमा बसेर अन्तिम रूप दिने कुरा छ,गठबन्धनमा तालमेल भएरै जान्छ,’उनले भने।