ट्रेन्डीङ्ग

बर्दघाट र सुनवलका खाेलामा डुबेर २ बालककाे मृत्यु

बर्दघाट।पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका वडा नं. १४ स्थित खजुरा खोलामा दिउसाे डुबेर एक बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ।

बर्दघाट नगरपालिका वडा नम्बर ७ बस्ने सिताराम चाैधरिकाे छाेरा अन्दाजी ९ वर्षको निखिल चाैधरी घरबाट करिब १ कि.मी.पूर्व तर्फ रहेकाे खजुरा खोलामा शनिबार पाैडि खेल्ने क्रममा चाैधरीकाे खजुरा खाेलामा डुबेर मृत्यु भएको हो ।

बर्दघाट प्रहरीका अनुसार मृतक चाैधरीको शरीरलाई खोलाबाट स्थानीयले झिकी स्थानीय मेडिकलमा मृत्यु भएको प्रहरीले अनुसन्धान गरेकाे जनाएकाे छ।

त्यसैगरि आजै सुनवल तुरिया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।सुनवल-२ मुखिया टोल बस्ने दिनेश राजभरको १५ बर्षीय छोरा लक्की राजभर सुनवल-१० हसनापुर स्थिति तुरिया खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।परासी स्थिति पृथ्बीचन्द्र अस्पतालमा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?