ट्रेन्डीङ्ग

एमाले नेताको क्याम्पस प्रमुखमा नियुक्ति,१ हप्तासम्म पनि दिएनन दलबाट राजिनामा

सुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका स्थित अस्नैया आदर्श क्यापसमा नेकपा(एमाले)पश्चिम नवलपरासी जिल्ला कमिटी सदस्य विनोद पाण्डेलाई क्यापस प्रमुखमा नियुक्त गरिएको करिब एक हप्ता बितिसक्दा पनि हाल सम्म पनि पार्टीमा राजिनामा दिएका छैनन।

जिल्ला कमिटी सदस्य तथा बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका पराजित उम्मेदवार समेत रहेका पाण्डेलाई क्याम्पस व्यवस्थापन समितिले क्याम्पस प्रमुखमा नियुक्त गरिएको भन्दै बिरोध भएको थीयो।कुनै पनि राजीनितिक दलको जिम्मेवारी पदमा व्यक्तिलाई सोजै क्यापस प्रमुखमा नियुक्त गरिएको भन्दै क्याम्पसका अन्य कर्मचारीहरू समेत असन्तुष्ट बनेका थीए।

नाम नखुलाउने शर्तमा नियमित अध्यापन गर्दै आएका शिक्षकहरूले शिक्षा ऎन र सामान्य अभ्यास विपरित गरिएको नियुक्तिले आफुहरूलाई दु:खी बनाएको र शिक्षणसंस्थामा यस प्रकारको अभ्यासले गलत नजिर स्थापित हुने बताएका छन।राजनीतिक दलको सक्रिय सदस्यलाई कायम अभ्यास विपरित क्याम्पस प्रमुख पद’उपहार’दिईनु गलत रहेको उनीहरूको बुझाई छ।

सोही विषयमा हामीले पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रिय अध्यक्ष शिवराज संजेलसंग जिज्ञासा राख्दा उनले क्याम्पसले आफ्नो कार्यविधि अनुसार योग्यता पुगेको व्यक्तिलाई नियुक्त गर्न सक्ने भएपनि नियुक्तिको प्रक्रियामा शिक्षा ऎन,वरिष्ठता,कार्यसम्पादन र निजको नेतृत्व क्षमता लगायतका विषय ख्याल गर्नुपर्ने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal