ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)नुवाकोटको राजनीतिक वैचारिक प्रशिक्षण सुरु

नुवाकोट।नेकपा(माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नुवाकोटले दुई दिने राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

अखिल(क्रान्तिकारी)नुवाकोटका अध्यक्ष निराजन बोगटीको अध्यक्षतामा सुरु प्रशिक्षणमा १४ वटा कक्षा चल्नेछन्।दुई दिने कार्यक्रममा कम्युनिस्ट दर्शन,राजनीतिक अर्थशास्त्र,समाजवाद, सङ्गठनात्मक सिद्धान्त,नेकपाको इतिहास,विद्यार्थी आन्दोलनको इतिहास लगायतका विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

प्रशिक्षण अन्तर्गत शनिबार पार्टी पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेको प्रमुख आतिथ्य र प्रमुख प्रशिक्षण रहनेछ ।

कार्यक्रममा विद्यार्थी नेता एवं लेखक नारायण नेपाल,लेखक ज्वालामुखी लामिछाने,पत्रकार कपिलदेव खनाल यस्तै उत्तम अधिकारी,शिव भण्डारी,केशव पुडासैनीलगायतको प्रशिक्षण रहनेछ।

विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि जिल्लास्तरमा कार्यक्रम आयोजना गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal