ट्रेन्डीङ्ग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अखिल(क्रान्तिकारी)को प्रदर्शन

काठमाडौँ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ।

नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएपछि शुक्रबार विरोध प्रदर्शन भएको हो।

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रूपैयाँको दरले मूल्य बढाएको छ।भारतबाट मूल्य घटेर आउँदा नघटाएको निगमले बढेर आएलगत्तै मूल्यवृद्धि गरेपछि यसको विरोधमा नेकपा(बहुमत)निकट अखिल(क्रान्तिकारी)र नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल(क्रान्तिकारी)ले संयुक्त टेकु स्थित आयल निगम अगाडि विरोध प्रदर्शन गरेका हुन्।

भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूची अनुसार नेपालले पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal