ट्रेन्डीङ्ग

नेकपा(प्रचण्ड- नेपाल)समुह बन्दको अर्घाखाँचीमा प्रभाव ,लामो तथा छोटा दुरिका गाडी चलेनन्

माघ २२ अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले गरेको आमहडताल प्रभाव अर्घाखाँचीमा पनि परेको छ ।

प्रचण्ड नेपाल समूहले हिजो बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेका थिए । आमहड्ताल गर्ने घोषणागरेसँगै अर्घाखाँचीमा पनि प्रभाव परेको हो ।

उक्त समुहले सविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको हो । नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ । विहानै देखि सञ्चालन हुने सन्धिखर्क बजारका पसलहरु बन्द भएका छन ।

सदरमुकाम तथा बुटबल, काठमाडौं छुटने लामो दुरीका गााडीहरु पनि छुटेका छैनन् । ग्रामिण भेगबाट बुटबल, सन्धिखर्क जाने गाडीहरु पनि सञ्चालन भएका छैनन् ।

सधै भिडभाड हुने सन्धिखर्कको मुख्य चोक शान्ती वगैचा पनी आज बन्दको कारणले सुनसान भएको छ । बन्दका कारण एम्बुलेन्स, सुरक्षा, प्रेस, दुधका गाडिहरु आवश्यक अनुसार मात्र सञ्चालनमा आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?