
काठमाडौं ।स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ।बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो।
जसअनुसार काठमाडौं -५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं -८ मा सुमन सायमी र काठमाडौं -९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ ।
भक्तपुर -२ मा दरोस्तभ लोकेन्द्र,कास्की -२ मा सिरीष गुरुङ,रौतहट-१ मा राहुल मिश्र,रुपन्देही -५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।